Techie IT
२०८२ मंसिर २७, शनिबार

एमालेको ११औँ विधान महाधिवेशनमा १६ दलका प्रमुखलाई निम्तो, यी शिर्ष नेताहरु उपस्थित हुने


नेकपा एमालेले आफ्नो ११औँ विधान महाधिवेशनमा विभिन्न १६ राजनीतिक दलका प्रमुखलाई निम्तो दिएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा उपस्थित भई शुभकामना दिन सबै दलका शीर्ष नेतालाई आधिकारिक निमन्त्रण पठाइएको छ।

नेताहरूलाई निम्तो दिन गएका महेश बर्तौलाले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू महाधिवेशनमा सहभागी हुने जानकारी दिएको बताएका छन् । साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सहभागी हुन इच्छा व्यक्त गर्दै आफू उपस्थित नहुन सकेमा कार्यवाहक सभापतिलाई पठाउने बताएका छन्।

उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनका अवसरमा विभिन्न मित्रराष्ट्रका राजनीतिक दलहरूबाट शुभकामना सन्देशहरू प्राप्त भइरहेको जानकारी दिएका छन्।

एमालेले भोलि दिउँसो साढे १२ बजेबाट उद्घाटन समारोह सुरु गर्ने योजना बनाएको छ, जसलाई दिउँसो साढे ३ बजेसम्म सम्पन्न गर्ने कार्यक्रम रहेको गौतमले बताए। उद्घाटन कार्यक्रम महासचिव शंकर पोखरेलले सञ्चालन गर्नेछन् भने अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट