Techie IT
२०८३ असार २५, बिहीबार

एमाले ११औँ महाधिवेशनः आजबाट बन्दसत्र, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु


नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजबाट काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन गरिएको पार्टीले जनाएको छ।

महाधिवेशनमा देशभरबाट २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन्। महाधिवेशनले अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने कार्यतालिका तय गरिएको छ।

महाधिवेशनका क्रममा सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन गरिएको छ। साथै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।

महाधिवेशनमा नेतृत्व चयनका विषयमा सहमति जुट्न नसके मतदान प्रक्रियाबाट निर्णय गर्ने तयारी गरिएको छ। त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट