Techie IT
२०८२ पौष १, मंगलबार

पुसको दोस्रो सातामा राष्ट्रिय सभा बैठक बोलाउने तयारी


राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो सातामा राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन्।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिको बैठक हलको निर्माण कार्य सम्पन्न हुनेबित्तिकै राष्ट्रिय सभा बैठक बोलाउने योजना रहेको जानकारी दिएका हुन् ।

उनले हल निर्माण कार्य सम्पन्न भएपछि केही दिनभित्रै प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरी बैठक आह्वान गर्ने तयारीमा रहेको बताए। अध्यक्ष दाहालका अनुसार राष्ट्रिय सभा बैठक बोलाउने विषयमा सरकारको असहमति भने छैन।

तर, बैठक सञ्चालनका लागि आवश्यक ‘बिजनेस’ को अभाव देखिएको उनले उल्लेख गरे। उनका अनुसार हाल करिब १० दिनसम्मका लागि मात्रै कार्यसूची उपलब्ध छ, त्यसपछि थप बिजनेस नदेखिएको अवस्था छ।

अध्यक्ष दाहालले भने, “पुस १२ गते बैठक बोलाउँछु भनेर ठेकदारलाई जसरी पनि काम सक्न निर्देशन दिइएको छ। १०–१२ गतेसम्म हल तयार हुन्छ भन्ने आशा छ। त्यसपछि प्रधानमन्त्रीसँग छलफल गरेर सदन बोलाउने विषयमा अहिलेसम्म कुनै विमति छैन। बैठक त १०/१२ गतेतिर बस्छ, तर सरकारसँग पर्याप्त बिजनेस छैन।”

उनले अगाडि भने, “हामीसँग अहिले २–३ वटा विधेयक छन्। आयोगका प्रतिवेदनमाथि छलफल गर्ने, मन्त्रीहरू बोलाउने जस्ता विषय त छन्, तर धेरै संख्यामा बिजनेस भने छैन।”

अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमित रूपमा सञ्चालन गर्न आवश्यक बिजनेसको अभाव चुनौतीका रूपमा देखिएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट