Techie IT
२०८२ फागुन ६, बुधबार

निर्वाचन आयोगको तयारी ७० प्रतिशत पूरा, फागुन २१ मा चुनाव होला त?


निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि करिब ७० प्रतिशत तयारी पूरा भइसकेको बताएका छन्।

आज आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित छलफलमा मन्त्रीहरूसहितको उपस्थितिमा भण्डारीले भने, “राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि आयोगले शून्यबाट काम सुरु गरेको हो। अहिले सम्म करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्वाचनको वातावरण तयार भइरहेको छ र निश्चित प्रक्रिया पूरा गरेर मात्रै निर्वाचन सम्पन्न गर्नु हाम्रो प्राथमिकता हो।”

भण्डारीले निर्वाचनका लागि संविधान, ऐन/कानुन केही पुराना भइसकेका र प्रविधि तथा पद्धति सुधार गर्नुपर्ने मागहरू आइरहने उल्लेख गर्दै, हरेक दिन दुई–चार वटा ज्ञापनपत्र आउँदै गरेको जानकारी दिए। उनले आयोगसँग सम्बन्धित ऐन/कानुन र नियम संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले खर्च नियन्त्रणसम्बन्धी प्रश्न गर्दा भण्डारीले आयोग मितव्ययी ढङ्गले खर्च गर्न सचेत रहेको बताए। उनले भने, “नागरिक सरकारले खर्च नियन्त्रणका लागि अघि सारेका सवालमा आयोग तयार छ। सरकारी कोषबाट हुने खर्च अत्यन्त मितव्ययी ढङ्गले गर्ने गरिएको छ। २०७९ सालमा भएका दुई निर्वाचनमा पनि यही नीति अपनाइएको थियो। अब दल र उम्मेदवारले गर्ने खर्चमा पनि कडाइका साथ सीमा निर्धारण गरिनेछ।”

उम्मेदवारको खर्च निर्वाचन क्षेत्रको भूगोल र मतदाताको सङ्ख्याको आधारमा सीमित गरिने भण्डारीले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट