Techie IT
२०८३ असार २३, मंगलबार

आजदेखि समानुपातिकतर्फ बन्द सूची पेस हुँदै, आयोगको तयारी पूरा


प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले बन्द सूची पेस गर्ने कार्यका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस १३ र १४ गते पेस गरिएका बन्द सूचीमाथि पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ।

छानबिनपछि पुस २१ देखि २७ गतेसम्म दलहरूलाई त्रुटि सच्याउन तथा सूची मिलाउन समय दिइने आयोगले जनाएको छ। पुस २८ देखि माघ ३ गतेसम्म सच्याइएका बन्द सूचीको पुनः परीक्षण गरिनेछ भने माघ ४ गते बन्द सूची सार्वजनिक गरिने कार्यतालिका रहेको छ। अन्तिम बन्द सूची भने माघ २० गते प्रकाशन गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।

यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन ९३ निर्वाचन चिह्नसहित करिब सय वटा राजनीतिक दलले दर्ता गराएका छन्। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलहरूले मात्र आज र भोलि बन्द सूचीमा समावेश उम्मेदवारहरूको विवरण पेस गर्न पाउने आयोगले स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट