नेकपाले आयोगमा पेस गरेको समानुपातिक बन्दसूचीमा को–को परे ? (पूर्ण सूचीसहित)
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ। मंगलबार राति आयोगमा बुझाइएको सूचीअनुसार पार्टीले सबै नयाँ अनुहारलाई समेटेको छ।
पार्टीले पेस गरेको बन्दसूचीमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। खस आर्य समूहको पहिलो नम्बरमा करुणा बस्नेत, आदिवासी जनजाति समूहको पहिलो नम्बरमा दीपक जङ्गम, मधेशी समूहको पहिलो नम्बरमा तारा महतो, दलित समूहको पहिलो नम्बरमा गीता गहतराज, थारू समूहको पहिलो नम्बरमा निराशा चौधरी तथा मुस्लिम समूहको पहिलो नम्बरमा केसर जहाँ (सकिना मुस्लिम) लाई राखिएको छ।
नेकपाले पेस गरेको समुदायगत बन्दसूची यसप्रकार रहेको छ
खस आर्य (३२ जना)
करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्की, गङ्गा खड्का बोगटी, निर्मला साउँद, दिलकुमारी पन्त, मञ्जु कोइराला, उषाकुमारी पोख्रेल, भगवती नेपाल, इन्दिरा ढुङ्गाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाईं, सावित्री पोखरेल, प्रदेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र दाहाल, सुजाता काफ्ले, डम्बरबहादुर क्षेत्री, विनोद कटुवाल, राममणी पोख्रेल, तीर्थबहादुर बुढा, विष्णु लम्साल, भीमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्दराज पौडेल र विष्णुप्रसाद खनाल।
आदिवासी जनजाति (३३ जना)
दीपक जङ्गम, भीमकुमारी बुढा, सोमती गुरुङ, सर्मिली लामा, ममता राजबंशी, अञ्जिता श्रेष्ठ, विष्णुकुमारी थापामगर, मेनुका थुलुङ, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेवी तामाङ, सुनिता घले, सीता श्रेष्ठ, सोनम लामा शाक्य, नलिनी सी., सविता तामाङ, जमुना गाइजु, कल्पना लिम्बु, परशुराम तामाङ, दिलिप प्रजापति, झक्कुप्रसाद घर्ती, कृष्णकुमार राई, वेखानसिंह तमु, पासाङ शेर्पा, भरतकुमार श्रेष्ठ, वीरबहादुर बुढाथोकी, दङ्गध्वज खोयाहाङ, शेरबहादुर तामाङ, मंगलसिंह प्रजा, जेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामाङ र डा. पुष्पराज कर्णिकार।
मधेशी (१८ जना)
तारा महतो, रामसखी देवी, सुनिता देवी यादव, पूर्णा बुढा झा, जयरानी सहनी, पुनम जैसवाल, संगीता देवी यादव, सुधा सिंह, कल्पना कुमारी यादव, जगत कुमार बरबरिया यादव, सुरेन्द्रकुमार जयसवाल, घनश्यामप्रसाद रजक, किसुन मण्डल, श्रीप्रसाद साह, कमलराय यादव, छेदी रजक, अभिमन्यु यादव र अरविन्द दास।
दलित (१५ जना)
गीता गहतराज, पार्वती विक, विनिता विक, रेखा राम, शारदा दमै, तारा विश्वकर्मा, सुमरियादेवी पासवान, कमला ज्ञवाली सिर्पाइली, गणेशबहादुर विश्वकर्मा, डा. मित्र परियार, सरद रसाइली, शंकर दुलाल, ठाकुरकुमार विक, कृष्ण नेपाली र गोपाल परियार।
थारू (७ जना)
निराशा चौधरी, अञ्जु दहित, सस्मती चौधरी, उषाकुमारी चौधरी, भवनकुमार थारू, रामअवतार थारू र लक्ष्यबहादुर चौधरी।
मुस्लिम (५ जना)
केसर जहाँ (सकिना मुस्लिम), जरिना बेगम, जर्मिया खातुन, कमरुल नशा र ताज मोहम्मद मियाँ।



तपाईको प्रतिक्रिया दिनुहोस