Techie IT
२०८२ पौष १७, बिहीबार

राष्ट्रिय एकता र निष्पक्ष निर्वाचन अपरिहार्यः प्रचण्ड


नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश र जनताप्रतिको जिम्मेवारीबोधसहित पार्टीले आफ्ना सबल तथा दुर्बल पक्षको गम्भीर समीक्षा गर्दै आत्मसुधारको बाटो अवलम्बन गरिरहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ। यस्तो अवस्थामा जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नु आजको आवश्यकता हो।”

नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र सङ्कल्प लिएर आउने विश्वास व्यक्त गर्दै प्रचण्डले यो वर्ष सबै नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस् भन्ने कामना पनि गरेका छन्।

विदा भएको सन् २०२५ लाई स्मरण गर्दै उनले जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको उल्लेख गरे। उनका अनुसार उक्त आन्दोलनले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ।

प्रचण्डले संविधान निर्माणका क्रममा तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका आफ्ना एजेन्डाहरूको औचित्य पनि पछिल्ला घटनाक्रमले पुष्टि गरेको दाबी गरे।

उनले तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता अपरिहार्य बनेको उल्लेख गर्दै वर्तमान संकटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयमुक्त वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट