Techie IT
२०८३ असार २३, मंगलबार

मन्त्री कुलमान घिसिङले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी


ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। दलगत राजनीतिमा सक्रिय हुने भए सरकार छोड्नुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि उनले राजीनामा दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचन लड्ने तयारी थालेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन निर्देशन दिएकै पर्सिपल्ट घिसिङले पदत्याग गरेका हुन्।

राजीनामासम्बन्धी विषयमा जानकारी दिन घिसिङले केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। यसका लागि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलनको तयारी भइरहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट