Techie IT
२०८३ असार २३, मंगलबार

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिने अन्तिम अवसर


निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिने कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगका अनुसार निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया सम्पन्न भएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन्।

निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

त्यसैगरी, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट