Techie IT
२०८२ पौष २५, शुक्रबार

एमालेमा केन्द्रीय सदस्य मनोनयन चुनावपछि मात्रै, पोलिटब्यूरो र स्थायी कमिटी पनि पर्खाइमा


नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय सदस्यको मनोनयन आगामी निर्वाचन सम्पन्न भएपछि मात्रै गर्ने निर्णय गरेको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्य मनोनयन चुनावपछि हुने स्पष्ट पारेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन, साथै समग्र कार्यविभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय गरिएको छ।’

गत मंसिरको अन्तिम साता सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भइसकेको छ। पार्टी विधानअनुसार सो संख्याको १० प्रतिशतसम्म केन्द्रीय सदस्य मनोनयन गर्न सकिने व्यवस्था रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट