Techie IT
२०८३ असार २३, मंगलबार

कांग्रेस विशेष महाधिवेशन पक्षको पदयात्रा भृकुटीमण्डपबाट सुरु हुने


नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले आज पदयात्रा गर्ने भएको छ। विशेष महाधिवेशनको प्रचार–प्रसारका उद्देश्यले पदयात्रा आयोजना गर्न लागिएको हो।

विशेष महाधिवेशन पक्षका अनुसार दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपबाट पदयात्रा सुरु हुनेछ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले आह्वान गरेको विशेष महाधिवेशन पुस २७ र २८ गते भृकुटीमण्डपमै आयोजना हुने तय भएको छ।

महाधिवेशनको तयारीस्वरूप भृकुटीमण्डपमा मञ्च निर्माणको काम तीव्र गतिमा भइरहेको छ। साथै, विशेष महाधिवेशनका पक्षधर महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम पनि जारी रहेको आयोजक पक्षले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट