Techie IT
२०८२ पौष २८, सोमबार

पृथ्वी जयन्ती राष्ट्रिय एकता र देशप्रेम सुदृढ गर्ने प्रेरणा हो - अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता, देशप्रेम र गौरवबोधको भावना विकास गर्न महत्वपूर्ण प्रेरणा दिने बताएका छन्।

राप्रपाद्वारा ३०४औँ पृथ्वी जयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा पुर्‍याएको ऐतिहासिक योगदानलाई स्मरण गर्दै उहाँका आदर्श र दूरदर्शी सोचबाट पाठ सिक्न आवश्यक रहेको बताए। ती आदर्शलाई आत्मसात् गर्दै नेपाललाई सुदृढ र समुन्नत राष्ट्रका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले सबै नेपालीले आफ्नो इतिहास र सभ्यताको सम्मान गर्दै राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न पृथ्वी जयन्तीलाई अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

“देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ बलियो बनाउनु आजको आवश्यकता हो,” अध्यक्ष लिङ्देनले भने, “पृथ्वीनारायण शाहको दूरदर्शी सोच र अदम्य साहसबाट प्रेरणा लिएर सामाजिक, आर्थिक रूपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको सुदृढीकरणमा लाग्नुपर्छ।”

कार्यक्रमका अवसरमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको राप्रपाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट