Techie IT
२०८२ चैत्र ३, मंगलबार

पृथ्वी जयन्ती राष्ट्रिय एकता र देशप्रेम सुदृढ गर्ने प्रेरणा हो - अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता, देशप्रेम र गौरवबोधको भावना विकास गर्न महत्वपूर्ण प्रेरणा दिने बताएका छन्।

राप्रपाद्वारा ३०४औँ पृथ्वी जयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा पुर्‍याएको ऐतिहासिक योगदानलाई स्मरण गर्दै उहाँका आदर्श र दूरदर्शी सोचबाट पाठ सिक्न आवश्यक रहेको बताए। ती आदर्शलाई आत्मसात् गर्दै नेपाललाई सुदृढ र समुन्नत राष्ट्रका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले सबै नेपालीले आफ्नो इतिहास र सभ्यताको सम्मान गर्दै राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न पृथ्वी जयन्तीलाई अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

“देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ बलियो बनाउनु आजको आवश्यकता हो,” अध्यक्ष लिङ्देनले भने, “पृथ्वीनारायण शाहको दूरदर्शी सोच र अदम्य साहसबाट प्रेरणा लिएर सामाजिक, आर्थिक रूपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको सुदृढीकरणमा लाग्नुपर्छ।”

कार्यक्रमका अवसरमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको राप्रपाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट