कांग्रेसमा सहमति टर्दै: केन्द्रीय समिति बैठक भोलिसम्म स्थगित
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। बैठक साँझ केही बेर बसेपछि भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो।
यसैबीच, विशेष महाधिवेशन पक्षधर नेताहरूले धमाधम मनोनयन दर्ता गरिरहेका छन्।
बैठक स्थगित हुनु र एकातिर मनोनयन प्रक्रिया अगाडि बढ्नुले कांग्रेसभित्र सहमतिको सम्भावना क्रमशः कमजोर बन्दै गएको संकेत दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस