सुनसरी–१ मा रोचक भिडन्त हुने: हर्क साम्पाङसँग नेकपाबाट मनोज भट्टराईको टक्कर
नेपाली कम्युनिस्ट पार्टीले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्यकुमार भट्टराई (मनोज भट्टराई) लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। भट्टराई हाल धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष हुन्।
वडाध्यक्षका रूपमा रहँदै उनले धरानका मेयर हर्क साम्पाङको कार्यशैलीको निरन्तर आलोचना गर्दै आएका छन्। मेयर साम्पाङले गरेका काम र निर्णयबारे भट्टराईले कार्यपालिका बैठकमै तथ्यसहित प्रश्न उठाउँदै आएका थिए। यही कारण उनी सामाजिक सञ्जालमा समेत चर्चा र भाइरल बनेका थिए। भट्टराई तत्कालीन माओवादी केन्द्रको धरान नगर कमिटीका अध्यक्षसमेत रहिसकेका छन्।
उता, सुनसरी–१ बाट धरानका मेयर हर्क साम्पाङले पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनले ‘श्रम संस्कृति पार्टी’ गठन गरी त्यसैको तर्फबाट चुनावी मैदानमा उत्रिने तयारी गरेका हुन्। साम्पाङ यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस