Techie IT
२०८२ माघ ४, आइतबार

राष्ट्रिय सभा सदस्यबाट नारायणकाजीले दिए राजीनामा


राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आज राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

राजीनामा दिएर श्रेष्ठ प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने तयारीमा छन्। उनी २०७० मा मकवानपुर र २०७४ मा गोरखामा चुनाव लडिसकेका थिए। त्यसपछि २०७६ मा उनी राष्ट्रिय सभा सदस्य बने । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदै थियो।

प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचन फागुन २१ गते हुने छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको म्याद पर्सी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट