जुम्लामा शुरुवातमै आक्रामक प्रचारमा भण्डारी, रक्षात्मक बने ज्ञानेन्द्र शाही
यहि फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन जुम्लामा पनि निकै रोचकहुने देखिएको छ ।
२०७९ सालको चुनावमा कांग्रेस र माओवादीको चुनावी गठबन्धनहुँदा पनि राप्रपाका ज्ञानेन्द्र शाहीले चुनाव जितेका थिए ।यसपालिको चुनावमा नेपाली कम्युनिष्ट पार्टीले बलिया उम्मेदवार नरेश भण्डारीलाई उम्मेदवार बनाएको छ।सुर्खेतबाट चुनावलड्ने हल्लाका विच लज्जास्पद हारहुने आकलन गरेर राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही हारेपनि सम्मानजनक मत पाउने भन्दै जुम्लाबाटै चुनावी मैदानमा दोस्रोपटक आएका छन्।
मनोनयन दर्तापछि नेकपाका उम्मेदवार भण्डारीले २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि जुम्लामा गरेको विकासको प्रचारप्रसार गर्दै छन् भने ज्ञानेन्द्र शाही काम गर्नै नपाएकाले दोस्रो पटक जुम्ला आएको जनतालाई बताउने गरेका छन् ।
जुम्लाको विकासमा महत्वपूर्ण मानिने दिर्घकालिन कामहरु नेकपाका नेता भण्डारीले गरेका थिए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना, चुकेनी जलविद्युत् आयोजनाको कामदेखि धौलिघाट खानेपानी आयोजनाको शुभारम्भ आफ्नै पहलमा भएको दाबी गरेका छन् । आफू जितेर गएपछि प्रदेशसभा र प्रतिनिधिसभाका लागि तयार भएको सिञ्जा विधेयकसमेत पारित गराएर विश्वको ध्यान जुम्लातर्फ केन्द्रित गराउन लागिपर्ने बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले जेन-जी आन्दोलनको म्यान्डेट सम्बोधन गर्न र जुम्लालाई विकास र समृद्धिको मोडलका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताउने गरेका छन् । आफू सांसद हुँदा जनमुखी र देखिने काम गरेकोले जनताको विश्वास यसपालिको चुनावमा रहने भण्डारीको भनाइ छ ।
जुम्लाको लागि मात्र नभई सिंगो कर्णाली प्रदेशको लाईभलाईन बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन महत्वपूर्ण भुमिका खेलेका नेकपाका नेता भण्डारीका अगाडी राप्रपा नेता शाही कमजोर देखिएका छन् । शाहीसँग जुम्लाको दिर्घकालिन विकासका लागि यो गरे भनेर देखाउनका लागि पनि केहि योजना नरहेपछि ज्ञानेन्द्र रक्षात्मक बनेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस