Techie IT
२०८३ भाद्र १०, बुधबार

उद्धार र राहत कार्यमा केन्द्रितहुन कार्यकर्तालाई नेकपाको निर्देशन


नेपाली कम्युनिस्ट पार्टीले पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा सम्पूर्ण पार्टी पङ्क्तिको ध्यान प्रभावित क्षेत्रको तत्काल उद्धार र राहत कार्यमा केन्द्रित गर्न निर्देशन दिएको छ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्दै मानवीय सहयोगमा सक्रिय रूपमा लाग्न अपिल गरिएको छ। साथै, नागरिकको अमूल्य जीवन बचाउन र थप क्षति हुन नदिन विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरू तत्काल परिचालन गर्न पार्टीले सरकारसँग जोडदार माग गरेको छ।

यसैबीच, विपद्पश्चातको राहत र उद्धार कार्यलाई थप व्यवस्थित गर्न आवश्यक निर्णय लिन पार्टीले कार्यसंयोजन समितिको बैठक समेत आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट