नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारीस्वरूप आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले उक्त अभिय�...