Techie IT
२०८३ भाद्र १५, सोमबार

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्न पाँच दिन थप


नेपाली कांग्रेसले छुट भएका क्रियाशील सदस्यहरूका लागि सदस्यता नवीकरण तथा अद्यावधिक गर्न थप पाँच दिनको समयसीमा थप गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले भदौ १५ देखि १९ गतेसम्म क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सकिने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

पार्टीको बृहत्तर हित, आन्तरिक एकता तथा क्रियाशील सदस्यहरूको विशेष अनुरोधलाई मध्यनजर गर्दै नवीकरणबाट छुट भएका सदस्यहरूलाई यो अवसर प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट