Techie IT
२०८३ श्रावण ९, शनिबार

भोलिहुने एमाले सचिवालय बैठकका यस्ता छन् छलफलका एजेन्डा


नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित समन्वय संयन्त्र, र उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ।

भोलि शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक हुनेछ। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, र पद्माकुमारी अर्याललाई बैठकमा सहभागी हुन पत्राचार गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट