पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमण: धार्मिक, तर राजनीतिक दृष्टिकोणले पनि अर्थपूर्ण
पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने धार्मिक भ्रमण सकेर भुटानबाट स्वदेश फर्किएका छन्।
शाह भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका थिए र आइतबार बिहान नेपाल फर्किएका छन्। भ्रमणका क्रममा शाहले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा पुराना सहपाठीहरूसँग भेटघाट गरे र पूर्वविद्यार्थीहरूको भेलालाई सम्बोधन गरेका थिए।
शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मा र निजी सचिवालयका सहयोगीहरू पनि भ्रमणमा सहभागी थिए। नेपाल फर्किने क्रममा भुटानका नरेश जिग्मे केशर वाङचुकले शाहलाई शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए। स्रोतहरूका अनुसार, शाहको यो भ्रमणलाई राजनीतिक दृष्टिकोणले पनि अर्थपूर्ण मानिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस