भोटेकोशी बाढीमा परि करिब ९० अमेरिकी नागरिक सम्पर्कविहीन, ५ जनाको उद्धार
भोटेकोशी बाढी गएको रसुवा लगायतका क्षेत्रमा रहेका करिब ९० जना अमेरिकी नागरिक सम्पर्कविहीन भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिँदै अहिलेसम्म कुनै पनि अमेरिकी नागरिकको मृत्यु भएको आधिकारिक पुष्टि नभएको बताएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म पाँच जना अमेरिकी नागरिकको सफल उद्धार गरिसकिएको उनले पुष्टि गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएका कारण फोन नलागेका पर्यटकहरू पनि सम्पर्कविहीनको सूचीमा समावेश छन्। सम्बन्धित क्षेत्रमा सञ्चार सम्पर्क पुनस्र्थापित भएपछि यो सङ्ख्या घट्ने अपेक्षा गरिएको छ।
यसैबीच, काठमाडौँ र बेइजिङस्थित अमेरिकी दूतावासहरूले नेपाली तथा चिनियाँ सुरक्षा निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै बेपत्ता भएका आफ्ना नागरिकहरूको खोजी तथा पहिचान कार्यलाई तीब्र पारेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस