पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार जारी

पूर्वमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
नेपाललाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ र हाल उनी आइसीयूमा राखेर उपचार गरिँदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था चिन्ताजनक छ ।
प्रदीप नेपाल विगत केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित थिए । यसै कारण उनी लामो समयदेखि राजनीतिक गतिविधिमा सक्रिय देखिएका थिएनन् ।
नेकपा एमालेका नेताहरूले नेता नेपालको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस