Techie IT
२०८२ चैत्र ५, बिहीबार

नेपाल वायुसेवा निगमले असोज २४ गते काठमाडौँ–भैरहवा उद्धार उडान सञ्चालन गर्ने


नेपाल वायुसेवा निगमले असोज २४ गते काठमाडौँ–भैरहवा उद्धार उडान सञ्चालन गर्ने निर्णय गरेको छ। असोज ११ र १२ गतेको भारी वर्षाले काठमाडौँ उपत्यकाबाट बाहिर जाने तथा भित्र आउने मुख्य राजमार्गहरूमा क्षति पुगेपछि यात्रुहरूलाई सहजताका लागि उद्धार उडानको व्यवस्था गरिएको हो।

निगमले नेपालीहरूको दशैं पर्वको अवसरमा आफ्ना घर फर्किन र काठमाडौँ फर्कन चाहने यात्रुहरूलाई सहुलियत प्रदान गर्न A320 जहाजद्वारा उद्धार उडान सञ्चालन गरिने जानकारी दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा यो उडान व्यवस्था गरिएको हो।

काठमाडौँबाट भैरहवा बिहान ११ बजे उडान हुनेछ भने भैरहवाबाट काठमाडौँको लागि उडान १२:३० मा हुनेछ। काठमाडौँबाट भैरहवा जाने एकतर्फी भाडा ७ हजार रुपैयाँ तोकिएको छ भने भैरहवाबाट काठमाडौँ फर्किने भाडा ३८९० रुपैयाँ तोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट