Techie IT
२०८३ भाद्र १५, सोमबार

एसीसी प्रिमियर कप: बहराइनसामु नेपालले टस जितेर पहिला बलिङ गर्दै


तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनविरुद्ध पहिलो बलिङ गर्ने भएको छ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। एकदिवसीय क्रिकेटको इतिहासमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

नेपाली टोली प्रतियोगितामा विजयी सुरुआत गर्दै सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। १० टोली सहभागी यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ, जहाँ उसका साथ बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन्।

नयाँ खेल तालिकाअनुसार नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियाविरुद्ध, तेस्रो खेल भदौ २१ गते साउदी अरेबियाविरुद्ध र अन्तिम खेल भदौ २३ गते हङकङविरुद्ध खेल्नेछ। पूर्वखेलाडी तथा छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल पर्याप्त अभ्यास र बलियो बलिङ आक्रमणका कारण उपाधिको प्रबल दाबेदार रहेको बताएका छन्। नेपालले सन् २०२३ को पहिलो संस्करणको उपाधि जितेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट