Techie IT
२०८३ श्रावण १, शुक्रबार

IRAN WAR

इरानमाथि अमेरिकी सेनाको भीषण हमला: छैटौँ रात पनि सैन्य अड्डाहरू निशानामा


अमेरिका र इरानबीचको तनाव चरम उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानभित्रका विभिन्न रणनीतिक सैन्य अड्डाहरूमा तीव्र हवाई आक्रमण जारी राखेको छ।

मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको जिम्मेवारी सम्हाल्ने अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले सामाजिक सञ्जाल 'एक्स' मार्फत एक विज्ञप्ति जारी गर्दै पूर्वी अमेरिकी समयअनुसार दिउँसो २ बजे इरानको सैन्य क्षमतालाई थप कमजोर पार्ने उद्देश्यले नयाँ चरणको आक्रमण सुरु गरिएको पुष्टि गरेको छ।

इरानी सरकारी तथा अर्धसरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी क्षेप्यास्त्र र बमबारीले देशका विभिन्न रणनीतिक पूर्वाधारहरूमा गम्भीर क्षति पुर्‍याएको छ । इरानको प्रमुख आणविक ऊर्जा केन्द्र रहेको दक्षिणी सहर बुशेहरमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्। यो क्षेत्र यसअघि पनि अमेरिका र इजरायलसँगको तनावका बेला उच्च जोखिममा रहँदै आएको थियो।

त्यसैगरी, दक्षिण-पूर्वी इरानस्थित इरानशहर विमानस्थल वरपर तीनवटा ठूला विष्फोट भएका छन्। सरकारी टेलिभिजन (IRIB) का अनुसार कम्तीमा एउटा अमेरिकी क्षेप्यास्त्र विमानस्थल परिसरभित्रै खसेको छ। बन्दर खमिरस्थित एउटा महत्त्वपूर्ण पुल र अहवाज सहरमा पनि अमेरिकी सेनाले भीषण आक्रमण गरेको छ।

पछिल्ला दिनहरूमा अमेरिकी आक्रमणको मुख्य निसाना बनेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासस्थित रेलवे जङ्सनमा पनि आक्रमण भएको छ। अर्धसरकारी वाईजेसी (YJC) न्युजका अनुसार उक्त घटनामा दुई जना घाइते भएका छन्। हवाई आक्रमणका साथै अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा लागू गरिएको नौसैनिक नाकाबन्दीलाई थप कडा पारेको दाबी गरेको छ।

रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी जलसेनाले एउटा संदिग्ध जहाजमा चढेर नियन्त्रणमा लिई खानतलासी गरेको छ। नाकाबन्दी उल्लंघन गर्न खोज्ने तीनवटा व्यावसायिक जहाजहरूलाई फिर्ता पठाइएको र अमेरिकी आदेश अस्वीकार गर्ने अर्को एउटा जहाजलाई पूर्ण रूपमा निष्क्रिय (कारबाही) पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट