Techie IT
२०८२ वैशाख २४, बुधबार

अविरल वर्षाका कारण गुजरातमा १४ जनाको मृत्यु


भारतको पश्चिमी राज्य गुजरातमा सोमबार रातिदेखि परेको असमयिक चट्याङ, मेघगर्जन, वर्षा र तीव्र हावाहुरीका कारण १४ जनाको दुःखद निधन भएको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

राज्यका १६८ स्थानमा पछिल्लो २४ घण्टामा वर्षा र हावाहुरीको प्रभाव परेको छ । अधिकारीहरूका अनुसार रुख ढल्दा, घर भत्किँदा र करेन्ट लाग्दा तथा चट्याङ पर्दा यी घटनाहरू भएका हुन्।

स्थानीयवासीहरूका अनुसार तीव्र हावाले आँपका बगैँचाहरू र बागबानी खेतीमा समेत ठूलो क्षति पु¥याएको छ ।  भारत मौसम विज्ञान विभागले आगामी केही दिनसम्म पनि राज्यका विभिन्न स्थानहरूमा ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने, चट्याङसहित मेघगर्जन र वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट