Techie IT
२०८२ वैशाख २९, सोमबार

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताएका हुन् ।     
    
उनले भने, “एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन । हामी आशा गर्दछौं कि रुसले पूर्ण, स्थायी र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन वाताका लागि तयार छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । जेलेन्स्कीले सन् २०२२ मा मस्कोको आक्रमणबाट सुरु भएको तीन वर्ष लामो युद्धलाई अन्त्य गर्न रुसले सुरक्षित अवतरण खोजिरहेको पनि दावी गरेका छन् ।     
    
जेलेन्स्कीले भने, “रुसले अन्ततः युद्ध अन्त्य गर्ने बारे सोच्न थालेको छ । यो सकारात्मक सङ्केत हो ।” उनले भने, “सारा विश्वले लामो समयदेखि यसको प्रतिक्षा गरिरहेको छ र कुनै पनि युद्धलाई वास्तवमै अन्त्य गर्ने पहिलो कदम युद्धविराम हो।     



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट