Techie IT
२०८३ श्रावण २१, बिहीबार

३ दिनमा सडक दुर्घटनाबाट ११ जनाको मृत्यु


नेपालमा सडक सुरक्षाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सवारी साधनको लापर्वाही, तीव्र गति र ट्राफिक नियमको उल्लंघनका कारण देशभर ठूला दुर्घटनाका घटनाहरू बढेका छन्।

नेपाल प्रहरीबाट प्राप्त विवरणअनुसार, गएको साउन १९ गतेदेखि २१ गतेसम्मका ३ दिनमा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा सप्तरी, बारा, महोत्तरी, कपिलवस्तु, मोरङ, कैलाली, मकवानपुर, रूपन्देही, दाङ र ललितपुरमा भएका दुर्घटनाहरूले ठूलो मानवीय क्षति गराएका छन्।

विशेष गरी ललितपुरको ग्वार्कोमा मिनि बस अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै १८ जनाभन्दा बढी घाइते भएका छन्। यसबाहेक पैदलयात्री, साइकलयात्री र मोटरसाइकल चालकहरू समेत दुर्घटनाका मुख्य सिकार बनेका छन्।

सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएपछि यातायात क्षेत्रको व्यवस्थापन, सवारी साधनको अवस्था र चालकको लापरबाहीमाथि कडा निगरानी राख्नुपर्ने आवाज फेरि एकपटक बुलन्द भएको छ। प्रहरीले अधिकांश दुर्घटनामा संलग्न चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट