Techie IT
२०८३ असोज ४, आइतबार

माथिल्लो त्रिशुली–१ को टनेलबाट १३ वटा शव निकालियो


माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको सुरुङभित्र फेला परेका १३ वटा शव नेपाली सेनाले त्रिशुलीमा ल्याएको छ।

सेनाको हेलिकोप्टरमार्फत आज ती शवहरू ओसारिएको हो। नेपाली सेनाद्वारा जारी विज्ञप्तिअनुसार, त्रिशुली–१ को 'अडिट–३' टनेलभित्र ती शव फेला परेका थिए भने बेपत्ताहरूको खोजी कार्य अझै जारी राखिएको छ। यस्तै, त्रिशूली–३ए को टनेल र पावरहाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिहरूसहितको संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

त्रिशूली–२ 'बी' मा भने नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्साभेटर र लोडर प्रयोग गरी पावरहाउस क्षेत्रमा उत्खनन गरे पनि हालसम्म कुनै वस्तु फेला नपरेको सेनाले जनाएको छ । प्रभावित क्षेत्रहरू रसुवा र नुवाकोट जिल्लाका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतालगायत विभिन्न स्थानमा बेसक्याम्प स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य जारी राखिएको छ।

त्यसैगरी, साँघुरा सुरुङहरूको रेकी गर्ने, प्रभावित क्षेत्रमा खोज तथा मूल्याङ्कन गर्ने तथा सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानहरूमा ड्रोनको प्रयोग गरी राहत सामग्री ढुवानी भइरहेको छ। 

हालसम्म नेपाली सेनाको ड्रोनमार्फत नुवाकोट र रसुवाका विभिन्न स्थानमा गरी ३१ हजार ९१ किलोग्राम राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ। सेनाको हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म जम्मा ४ हजार २ सय २० जना (३ हजार ९ सय ३७ स्वदेशी र २ सय ८३ विदेशी नागरिक) को सफल उद्धार गरिएको सेनाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट