Techie IT
२०८३ कार्तिक ३, सोमबार

कविता : हामी भुइँमान्छे हौ !!


कविता : हामी भुइँमान्छे हौ

हामी भुइँमान्छेहरु हौँ 
हामी उचाई बाट खस्दैनौ,

लामो यात्राका यात्रीहरु 
निरन्तर यात्रामा रहने छौँ,

अबिचलित यात्रा 
प्राप्तिमा मात्तिने छैनौं 
अप्राप्तिमा आत्तिने छैनौं,

कोहि पाएरपनि अघाएका छैनन् 
हामी नपाएरपनि सघाएकै छौँ, 
हामी केहि दिनका लागी  छौँ

हामी  सबैले टेक्ने भुइँमान्छे हौँ, 
हामी कसैले नदेख्ने भुइँमान्छे हौँ
हामी भुइँमान्छे हौँ ।

तिमिहरु कोहि छुट्नुभयो भने 
तिमिहरु कोहि हराउनु भयो भने, 
कोहि टुट्नु भयो भने 
कोही लुटिनु भयो भने, 
हामीलाई सम्झिनु 
तपाईलाई काधमा बोक्नेछौँ 
तपाईलाई शिरमा राख्नेछौँ,

हामी भुइँमान्छे हौँ 
हामीलाई खटियाबाट लडेर 
मरिन्छकि भन्ने कुनै चिन्ता छैन,

किनकि 
हामी भुइँमान्छे हौँ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट