Techie IT
२०८३ मंसिर ९, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान पुनः बस्ने


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा आज दिउँसो ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बैठक बसेको थियो । बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए ।

महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र आगामी स्थानीय निर्वाचनलगायत विषय समावेश रहेको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।

कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान तथा भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना र पुनःनिर्माणका विषय समेटिएका छन् ।

त्यसैगरी, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका मुद्दा, सरकारका पछिल्ला गतिविधि र स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुमाथि विशेष सम्बोधन गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट