Techie IT
२०८२ श्रावण ११, आइतबार

नेप्से आठौं दिन पनि हरियो, हाइड्रोपावर समूहको वर्चस्व कायमै


विगत आठ कारोबार दिनदेखि लगातार उकालो लागेको नेपाली सेयर बजारले बिहीबार पनि हरियो संकेत कायम राखेको छ । यद्यपि पछिल्ला दुई दिनको वृद्धि भने एकल अंकमा सीमित रहेको देखिन्छ । बुधबार ५.१७ अंकले बढेको बजार आज बिहीबार ३.७६ अंकले उकालो लाग्दै नेप्से परिसूचक २,९८२ अंकमा पुगेको छ ।

बिहीबार दिनभर बजारमा केही उतारचढाव देखियो । बिहान ११:३८ बजे परिसूचक २,९९० अंकसम्म पुगेको थियो भने दिउँसो १:२३ बजे झरेर २,९६४ अंकमा आइपुग्यो। अन्तिम घण्टातिर फेरि सुधार आएपछि बजार हरियोमै बन्द भएको छ ।

बजारको समग्र कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सामान्य गिरावट आएको छ । बुधबार १९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार त्यो घटेर १८ अर्ब ४९ करोडमा सीमित रह्यो। कुल १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको थियो।

आजको बजारमा हाइड्रोपावर समूह सबैभन्दा बढी चम्कियो । उक्त समूहको सूचक २ प्रतिशतले बढ्दा कुल कारोबारको ४५ प्रतिशत हिस्सा ओगट्यो । हाइड्रोपावर समूहमा मात्रै ८ अर्ब ४० करोड रुपैयाँको कारोबार भयो। यसले बजारमा हाइड्रोपावरको बलियो उपस्थिति प्रमाणित गरेको छ।

अन्य समूहहरूमा विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार समूहमा सामान्य वृद्धि देखिएको छ भने बैंकिङ, फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहहरूमा सूचक ओरालो लागेको छ।

बैंकिङ समूहको १ अर्ब ३२ करोड, विकास बैंकको १ अर्ब ८५ करोड, माइक्रोफाइनान्सको १ अर्ब ७९ करोड र अन्य समूहको १ अर्ब ९ करोडको कारोबार भएको छ। बाँकी समूहको कारोबार रकम १ अर्बभन्दा कममा सीमित देखिन्छ।

आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीहरूमा ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर छन्। त्यस्तै, हिमालयन हाइड्रोपावरको ८.४१ प्रतिशत र मायाखोलाको ७.४ प्रतिशतले मूल्य बढेको छ। उता उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ३.५८ प्रतिशत र समृद्धि फाइनान्सको ३ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा राधि विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स रहेका छन्।

आजको समग्र बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। लगातार आठ दिनसम्म हरियो ट्रेन्ड कायम रहँदा लगानीकर्तामा आशा र उत्साह बढेको देखिए पनि पछिल्ला दिनहरूको गिरावटसँगै सतर्कता अपनाउनु पर्ने अवस्था पनि देखिन्छ। विशेषतः हाइड्रोपावर समूहमा देखिएको वर्चस्वले बजारलाई सशक्त बनाएको भए पनि समग्र बजारमा स्थायित्व र विविधिकरण आवश्यक रहेको विज्ञहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट