Techie IT
२०८२ श्रावण १९, सोमबार

सुनको मूल्यमा १ सय रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो


नेपालको सुन बजारमा आज (सोमबार) तोलामा १ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यो मूल्य १ लाख ९६ हजार ५ सय रुपैयाँ थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी तोलाको २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको मूल्य २ हजार २ सय ५० रुपैयाँभन्दा ५ रुपैयाँले बढी हो।

दश ग्राम आधारमा हेर्दा आज सुनको मूल्य १ लाख ६८ हजार ५५५ रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ३३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट