नेप्से उकालो लाग्यो, कारोबार रकम भने खस्कियो

लगातार तीन दिन घटेको सेयर बजार आज सोमबार केही सुधारिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ८.६२ अंकले वृद्धि भई २८६७ अंकमा पुगेर बन्द भएको हो।
गत मंगलबार नेप्से ३००२ अंकसम्म पुगेको थियो। त्यसयता लगातार तीन दिनमा १४४ अंकले घटेर आइतबार २८५८ अंकमा झरेको थियो। आजको कारोबार अवधिमा नेप्से न्यूनतम २८३३ अंकसम्म झरेको थियो भने अधिकतम २८८९ अंकसम्म पुगेको थियो।
बजार सम्हालिए पनि आजको कुल कारोबार रकम घटेको छ। आइतबार १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १० अर्ब ९२ करोड रुपैयाँमा झरेको छ।
कुल ३२५ स्टकको १ लाख ४९ हजार २७४ पटकको कारोबारमा २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर किनबेच भएको हो।
उपसमूह परिसूचकको अवस्था
१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ को घटेको छ।
– व्यापार उपसमूह सबैभन्दा धेरै २.९०% ले बढ्यो।
– बैंकिङ उपसमूह १% भन्दा बढी वृद्धिमा रह्यो।
– जीवन बीमा ०.४३%, माइक्रोफाइनान्स ०.५६%, र हाइड्रोपावर ०.०९% ले वृद्धि
– वित्त, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन, निर्जीवन बीमा र अन्य उपसमूहमा सामान्य गिरावट
उल्लेखनीय मूल्य उतारचढाव
– सिक्लेस हाइड्रोपावर को मूल्य ५.७३% ले बढेर अग्रस्थानमा
– स्वेतगंगा हाइड्रोपावर ५.१२% र विन्ध्यबासिनी हाइड्रोपावर ४.७२% ले बढे
– माछापुच्छ्रे बैंक को मूल्य ४.५१% ले उकालो लाग्यो
– लगातार १२ दिन सकारात्मक सर्किटमा रहेको ट्रेड टावर आज १०% ले घट्यो
– थ्रीस्टार हाइड्रोपावर, नेपाल फाइनान्स र सप्तकोशी विकास बैंक को मूल्य पनि घट्यो
धेरै कारोबार भएका कम्पनीहरू
कारोबार रकमका आधारमा
१. हिमालयन रिइन्स्योरेन्स – ५५.९६ करोड
२. शिवम् सिमेन्ट्स – ४३ करोड+
३. हिमालयन डिस्टिलरी – ३७ करोड+
तपाईको प्रतिक्रिया दिनुहोस