Techie IT
२०८२ चैत्र १७, मंगलबार

भारतबाट ल्याइएको १५ लाख २३ हजार बोरा मल नेपालका गोदाममा भित्रिँदै


साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले भारतको कोलकत्ता बन्दरगाहमा आएको १५ लाख २३ हजार बोरा रासायनिक मललाई धमाधम नेपालस्थित आफ्ना गोदामतर्फ ल्याउने कार्य भइरहेको जनाएको छ।

हालै कर्पाेरेसनले ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपीसहित कुल १५ लाख २३ हजार बोरा मल आयात गरेको थियो। गोदाममा आइपुगिरहेको मल वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारले पालिकामा कोटा वितरण गरिसकेको जानकारी प्राप्त भएको कर्पाेरेसनले जनाएको छ।

शुक्रबार जारी विज्ञप्तिमा कर्पाेरेसनले दर्ता भएका सम्पूर्ण डिलरलाई सम्बन्धित पालिका तथा कर्पाेरेसनको कार्यालयसँग समन्वय गरेर कोटाअनुसार मल बिक्री–वितरण गर्न आग्रह गरेको छ।

हाल बजारमा मलको अभाव भएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा पोस्टप्रति कर्पाेरेसनले ध्यानाकर्षण भएको जनाउँदै, आयात गरिएको मल छिट्टै उपलब्ध हुने स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट