Techie IT
२०८३ भाद्र २८, आइतबार

सामाजिक सुरक्षा कोषको अनलाइन सेवा दुई दिन अवरुद्ध हुने


सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीमार्फत प्रदान गरिने सम्पूर्ण सेवाहरू दुई दिनका लागि अवरुद्ध हुने जनाएको छ ।

कोषले सूचना प्रणालीको परीक्षणका लागि सेवा बन्द गर्न लागेकाले आज (बिहीबार) दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा उपलब्ध नहुने जानकारी दिएको हो ।

कोषका अनुसार सूचना प्रणालीलाई आपत्कालीन अवस्थामा पनि सुरक्षित र सुचारु राख्न नियमित प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले सेवामा अस्थायी अवरोध हुने भएको हो ।

यद्यपि, तोकिएको समयभन्दा अगावै प्राविधिक परीक्षण पूरा भएमा सेवा समयमै पुनः सुचारु गरिने कोषले स्पष्ट पारेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट