सामाजिक सुरक्षा कोषको अनलाइन सेवा दुई दिन अवरुद्ध हुने

सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीमार्फत प्रदान गरिने सम्पूर्ण सेवाहरू दुई दिनका लागि अवरुद्ध हुने जनाएको छ ।
कोषले सूचना प्रणालीको परीक्षणका लागि सेवा बन्द गर्न लागेकाले आज (बिहीबार) दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा उपलब्ध नहुने जानकारी दिएको हो ।
कोषका अनुसार सूचना प्रणालीलाई आपत्कालीन अवस्थामा पनि सुरक्षित र सुचारु राख्न नियमित प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले सेवामा अस्थायी अवरोध हुने भएको हो ।
यद्यपि, तोकिएको समयभन्दा अगावै प्राविधिक परीक्षण पूरा भएमा सेवा समयमै पुनः सुचारु गरिने कोषले स्पष्ट पारेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस