Techie IT
२०८२ भाद्र ९, सोमबार

लघुवित्तले अब २५ प्रतिशतसम्म लाभांश दिन पाउने, सर्तहरू यस्ता छन्


Reprsentative Image

अब लघुवित्त वित्तीय संस्थाहरूले सेयरधनीलाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि नयाँ निर्देशन जारी गर्दै लाभांश वितरणमा पुरानो सीमा हटाएर नयाँ व्यवस्था गरेको हो ।

यसअघि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने प्रावधान थियो । तर, अब लाभांशको सीमा निष्क्रिय कर्जाको स्तरमा आधारित हुने भएको छ ।

राष्ट्र बैंकको नयाँ प्रावधानअनुसार–

निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउनेछन् ।

निष्क्रिय कर्जा ५–१० प्रतिशतबीच भएका संस्थाले २० प्रतिशतसम्म लाभांश दिन पाउनेछन् ।

निष्क्रिय कर्जा १०–१५ प्रतिशतबीच भएका संस्थाले १५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन् ।

तर, निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएका लघुवित्तले भने लाभांश दिन पाउने छैनन् ।

त्यसका साथै पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गरेकाले मात्र नगद लाभांश वितरण गर्न पाइनेछ । तोकिएको चुक्ता पूँजी नपुगेका संस्थाले कर प्रयोजनबाहेक नगद लाभांश दिन नपाउने, तर बोनस सेयर भने वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसअघि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न चाहने लघुवित्त संस्थाले आधा रकम साधारण जगेडा कोषमा र थप १५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने प्रावधानले बाधा बनिरहेको थियो । नयाँ व्यवस्थासँगै लाभांश वितरणमा लचिलोपन आएको लघुवित्त व्यवसायीहरूको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट