Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

आज नेप्से ११.५२ अंकले घट्यो, कारोबार रकम पनि घट्दो


साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ अंकमा ओर्लिएको छ। यो घटाइसँगै चार कारोबार दिनयता लगातार बजार ओरालोमा रहेको छ।

आज दिउँसो १:०५ बजे नेप्से २७२७ अंकमा पुगेको थियो, जुन दिनको उच्चतम विन्दु रह्यो । त्यसपछि बजार बन्द हुने समयसम्म ओरालोमा रह्यो। कारोबार रकम पनि घटेको छ। गत बिहीबार ५ अर्ब १४ करोडको कारोबार भएमा आइतबार ४ अर्ब ४० करोडमा सीमित रह्यो।

आज ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको घटेको छ। उपसमूहमा फाइनान्स ०.१०%, उत्पादन तथा प्रशोधन ०.०४% ले बढेको छ। तर, बैंकिङ ०.६५%, विकास बैंक ०.०८%, होटल तथा पर्यटन ०.४८%, हाइड्रोपावर ०.६८%, लगानी ०.५२%, जीवन बीमा ०.४०%, माइक्रोफाइनान्स ०.१८%, निर्जीवन बीमा ०.१८%, अन्य ०.३२% र व्यापार ०.२४% ले घटेका छन्।

हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १०% ले बढेर प्रतिकित्ता ३९१.४० पुगेको छ। युनिभर्सल पावरको ५.१२%, समृद्धि फाइनान्सको ३.५१% ले बढेको छ। सबैभन्दा बढी मूल्य घट्ने कम्पनी पन्चकन्या माइ हाइड्रोपावर हो, जसको सेयर मूल्य ४.६२% ले घट्यो। विकास हाइड्रोपावर ३.९२%, ओरियन्टल होटल ३.७०% ले ओरालोमा रहे।

आज बढी कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र युनिभर्सल पावर रहेका छन्।

आइतबार ५८,८७ पटकको कारोबारबाट १ करोड ११ लाख २४ हजार ८ सय ४५ कित्ता सेयर किनबेच भएको छ। ती किनबेचको मूल्य ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको रहेको छ।

यसरी, बढ्नेभन्दा घट्ने कम्पनीको संख्या बढी हुँदा समग्र नेप्से दोहोरो अंकले घटेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट