Techie IT
२०८२ भाद्र २६, बिहीबार

ध्वस्त भए पनि फेरि उठ्नेछौं - भाटभटेनी


आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ठूलो क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले पुनः उठ्ने प्रतिबद्धता जनाएको छ।

फेसबुकमार्फत जारी सन्देशमा भाटभटेनीले भनेको छ, “दुःखद क्षण गुज्रिए, तर आशा हराएको छैन। पसल ध्वस्त भए पनि तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं ।”

कम्पनीले क्षतिपछि सरसफाइ र पुनर्निर्माणमा सहयोग गर्ने हजारौँ सहयोगी हातप्रति आभार व्यक्त गरेको छ। पोस्टमा भनिएको छ, “हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।”

क्षति ठूलो भए पनि आफ्नो संकल्प अडिग रहेको उल्लेख गर्दै भाटभटेनीले थपेको छ, “भाटभटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं।”

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट