Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

सुदूरपश्चिममा सोमबारदेखि सुपथ मूल्यका पसल सञ्चालन हुने


आगामी सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रदेशका २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार पसलहरूबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध गराइनेछ।

कैलाली, डडेलधुरा, कञ्चनपुर, डोटी, बाजुरा, बैतडी, दार्चुला र अछामका विभिन्न बजार तथा शाखा कार्यालयहरूबाट पसल सञ्चालन गरिनेछ।

त्यस्तै, साल्ट ट्रेडिङले डडेलधुरा, कैलाली (धनगढी, टीकापुर, अत्तरिया), कञ्चनपुर (बेलौरी, महेन्द्रनगर), डोटी (दिपायल) र बैतडी (पाटन) गरी आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। साल्ट ट्रेडिङका अनुसार नुनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ, र तेल, चिउरा, पीठो, मैदा तथा दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट