प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने मन्त्री कुलमानको पहिलो निर्णय

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणसँगै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्। प्राधिकरणको कार्यकारी निर्देशक रहँदा घिसिङ र सरकारले यस विषयमा विवादमा थिए। तत्कालीन सरकारले विवादका कारण उनलाई गत चैत्रमा कार्यकारी निर्देशकको पदबाट हटाएको थियो।
हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य कार्यरत छन्।
तपाईको प्रतिक्रिया दिनुहोस