Techie IT
२०८२ चैत्र १७, मंगलबार

नर्भिक हस्पिटलले सर्वसाधारणका लागि २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने


नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बिहीबार सेयर निष्कासनसम्बन्धी सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सन् १९९३ मा ३० शय्याको सामान्य सुविधासहित सुरु भएको नर्भिक अस्पताल हाल २०० शय्याको बहु-विशेषज्ञ अस्पतालका रूपमा सञ्चालन भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट