Techie IT
२०८३ भाद्र २८, आइतबार

एमसीसी अन्तर्गत सञ्चालित परियोजना समयमै सम्पन्न गर्ने सरकारको प्रतिबद्धता


अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच सोमबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटवार्तामा नेपालको वर्तमान परिवर्तित अवस्था र यस परिस्थितिमा अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य दायित्व तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजनालाई प्रभावकारी बनाउन र सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल उच्च राख्ने रहेको बताए।

राजदूत थम्प्सनले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना व्यक्त गर्दै अमेरिकी सरकार नेपालसँगै रहेको उल्लेख गरे। उनले एमसीसी अन्तर्गत सञ्चालित एमसीए नेपालमार्फतका परियोजना समयमै सम्पन्न गर्न नेपाल सरकारको थप प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।

अर्थमन्त्री खनालले परियोजना सफल कार्यान्वयनका लागि सरकारतर्फबाट ढिलाइ नहुने विश्वास दिलाए। साथै, नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकी सहयोगको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे।

भेटमा अर्थ सचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी दूतावासका पदाधिकारीहरूको उपस्थित रहेको मन्त्रालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट