Techie IT
२०८२ असोज ७, मंगलबार

मंगलबार नेप्से २.२३ प्रतिशतले बढ्यो, कारोबार रकम भने घट्यो


मंगलबार शेयर बजार २.२३ प्रतिशतले बढ्दै ५८.६३ अंकले उकालो लागेर नेप्से परिसूचक २६८२.२५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ९.०८, फ्लोट इण्डेक्स ३.९० र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अंकले उकालो लागे ।

बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा घटेको छ । आइतबार ९ अर्ब १७ करोड रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३२८ स्टकको ६७ हजार ३८२ पटकको कारोबारमा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको हो ।

यस दिन २३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । बजार खुलेदेखि बन्द हुनेसम्म हरियोमै रह्यो ।

उपसमूहतर्फ सबै सूचक हरियो बने । जसमध्ये निर्जीवन बीमा ३.४८ प्रतिशतले सर्वाधिक बढ्यो । अघिल्लो कारोबार दिन ४ प्रतिशत घटेको यो समूह भदौ २४ गतेको विध्वंसपछि प्रभावित भएको थियो । सो घटनामा भवन र सवारीसाधनमा ठूलो क्षति हुँदा हालसम्म करिब २२ अर्ब बराबरको दाबी दर्ता भएको छ । यसै कारण मंगलबार यस समूहतर्फ कारोबारकर्ताको आकर्षण बढ्यो ।

अन्य उपसमूहमा जलविद्युत ३.३०, विकास बैंक २.९५, होटल तथा पर्यटन २.७८, माइक्रोफाइनान्स २.५४, जीवन बीमा २.३१, अन्य २.५१, फाइनान्स २.१२, लगानी १.६६, बैंकिङ १.३८, उत्पादन तथा प्रशोधन १.१२ र व्यापार १.८३ प्रतिशतले बढे ।

मूल्य वृद्धिमा ८ कम्पनीले सकारात्मक सर्किट (१०%) लागेको थियो । ती कम्पनीहरूमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनी परेका छन् । कालिका पावर ९.८४ र सयपत्री हाइड्रोपावर ९.८३ प्रतिशतले बढेको छन् । मूल्य घट्नेमा अधिकांश ऋणपत्र रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट