Techie IT
२०८२ चैत्र १६, सोमबार

तीन वर्षमै रोयल इन्फिल्ड नेपालको कारोबार करिब ४ अर्ब


नेपालमा रोयल इन्फिल्ड मोटरसाइकल उत्पादन तथा वितरण गर्ने टीजी अटो ग्रुपले गत आर्थिक वर्षमा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। कम्पनीले एक वर्षमै पौने ४ अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको हो।

यसअघि, कम्पनीले सन् २०२४ मा २ अर्ब ९२ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। त्रिवेणी ग्रुप अफ नेपालद्वारा सञ्चालित टीजी अटो ग्रुप सन् २०२२ मा स्थापना भई सन् २०२३ को मेदेखि व्यावसायिक कारोबार सुरु गरेको हो।

बारामा एक लाख स्क्वायर फिट क्षेत्रफलमा स्थापना गरिएको उद्योगले वार्षिक २० हजार मोटरसाइकल उत्पादन गर्न सक्ने क्षमता राख्छ। कम्पनीले गत आर्थिक वर्षमा मात्रै ११ हजार ८८३ मोटरसाइकल बिक्री गरेको छ भने सन् २०२४ मा १० हजार ८५ मोटरसाइकल बिक्री गरेको थियो।

कम्पनीका अध्यक्ष वीरेन्द्रकुमार संघाईका अनुसार बजारमा माग बढेकाले गत आवमा व्यापार उल्लेख्य मात्रामा वृद्धि भएको हो। सोही अवधिमा कम्पनीले १७ करोड २० लाख रुपैयाँ खुद नाफा र १९ करोड ७० लाख रुपैयाँ क्यास नाफा आर्जन गरेको छ। सन् २०२४ मा क्रमशः १४ करोड ७० लाख रुपैयाँ खुद नाफा र १५ करोड ४० लाख रुपैयाँ क्यास नाफा भएको कम्पनीले जनाएको छ।

नेपालमा रोयल इन्फिल्डलाई प्रिमियम मोटरसाइकल ब्रान्डका रूपमा लिइन्छ। सोही मागलाई ध्यानमा राख्दै कम्पनीले उत्पादन र वितरण दुवैलाई सुदृढ पारेको जनाएको छ।

यसका साथै, कम्पनीको सहायक संस्था अल्फा अटोमोटिभ नेपालले उपत्यकामा आफ्नै शोरुममार्फत सीधा बिक्री वितरण गर्दै आएको छ। कम्पनीले अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङसमेत गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट