Techie IT
२०८२ चैत्र १६, सोमबार

अब विदेशी मुद्रा अधिकतम १५०० डलर भन्दा बढी घरमा राख्न नपाइने


File photo

अर्थ मन्त्रालयले विदेशबाट फर्कँदा एकैपटक नगदमा राख्न मिल्ने विदेशी मुद्राको अधिकतम सीमा अमेरिकी डलर १,५०० (वा सो बराबरको परिवर्त्य मुद्रा) मात्र रहेको स्पष्ट पार्दै सोभन्दा बढी नगद नराख्न आग्रह गरेको छ।

मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा जारी गरेको सूचनामा भनिएको छ कि विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको मात्र नगदमा राख्न पाइनेछ। मन्त्रालयले नेपाल भित्र्याउँदा अमेरिकी डलर ५,००० वा सो बराबरभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ ।  ५,००० डलर वा सोभन्दा कम रकम भन्सार घोषणा नगरी ल्याउन सकिने व्यवस्था रहेको छ।

अर्थमन्त्री रमेश्वर खनालको नेतृत्वपछि मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीलाई केन्द्रमा राख्दै यस्ता व्यवस्था कडाइका साथ लागू गर्न थालिएको बताइएको छ।

यस्तै, स्रोत खुलेको रकम नगदमै आफ्नो इच्छानुसार सुरक्षित राख्न तथा प्रयोग गर्न कुनै प्रतिबन्ध नरहने तर स्रोत नखुलेको रकम भएमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार अनुसन्धान हुने मन्त्रालयले जनाएको छ।

अन्तमा मन्त्रालयले व्यहोरा स्पष्ट पार्दा भनिएको छ कि तोकिएको सीमाभन्दा बढी रकमको कारोबार बैंकिङ प्रणालीबाट मात्र गर्नुपर्नेछ र प्रचलित कानुनअनुसार अन्य व्यवस्था लागू हुने छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट