Techie IT
२०८३ जेष्ठ ६, बुधबार

गोल्यान ग्रुपद्वारा जेनजी सहिद परिवारका लागि सहयोग कार्यक्रम घोषणा


गोल्यान ग्रुपले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारका लागि दीर्घकालीन सहयोग कार्यक्रम घोषणा गरेको छ।

ग्रुपले सहिद परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

ग्रुपकी कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन प्रमुख ज्योति गैह्रेद्वारा जारी विज्ञप्तिअनुसार, सहिद परिवारका दाजुभाइ, दिदीबहिनी तथा सन्तानका लागि कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ। साथै, बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहयोग पनि उपलब्ध गराइनेछ।

त्यसैगरी, सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमा सुविधाको व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘कुनै सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन, तर यो साथ र सहकार्यको प्रतिवद्धता हो,’ विज्ञप्तिमा भनिएको छ।

ग्रुपले सहिद परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने जनाएको छ। त्यसअनुसार, कुनै पनि परिवारको नाम वा तस्बिर सार्वजनिक नगरी प्रत्यक्ष सम्पर्कमार्फत सहयोग कार्यक्रम अघि बढाइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट