Techie IT
२०८२ कार्तिक ३०, आइतबार

सेयर बजारमा लगातार गिरावट, आइतबार पनि परिसूचक झन्डै ७९ अङ्कले ओरालो


सेयर बजारमा आइतबार पनि उच्च गिरावट आएको छ। गत साता झण्डै ८० अङ्कले घटेको बजार आज पुनः ७८.८३ अङ्कले ओरालो लाग्दै परिसूचक २५०३.५३ अङ्कमा झरेको हो।

कारोबारको सुरुवातदेखि नै बजारमा गिरावट देखिएको थियो। पहिलो दुई घण्टासम्म बजार निरन्तर घट्दै झण्डै ८७ अङ्कले तल गइरहेको अवस्थामा परिसूचक २४ सयको रेखासम्म पुगेको थियो। त्यसपछि बजारले आंशिक सुधार गर्दै अन्तिम समयमा २५ सयभन्दा माथि रहँदै बन्द भएको हो।

क्षेत्रगत सूचक हेर्दा होटल तथा पर्यटन क्षेत्रमा सर्वाधिक ४.८४ प्रतिशत, अन्य क्षेत्रमा ४.७९ प्रतिशत, फाइनान्स, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहमा ३ प्रतिशतभन्दा बढी गिरावट आएको छ। सबैभन्दा कम गिरावट म्युचुअल फन्ड समूहमा ०.९९ प्रतिशत रहेको छ।

आज बजारमा कुनै कम्पनीमा नकारात्मक सर्किट नलागे पनि ३५ कम्पनीको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। विपरीत रूपमा नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ६.०१ प्रतिशतले बढेको छ।

व्यवसायिक कारोबारका हिसाबले नेपाल रिइन्स्योरेन्स कम्पनी ३८ करोड रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो। त्यसपछि एनएलजी इन्स्योरेन्सले ३७ करोड र युनियन हाइड्रोपावरले ३६ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट