Techie IT
२०८२ चैत्र १६, सोमबार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले करसहित १० प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्। बैंकको चुक्तापूँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य सञ्चित मुनाफा ६६ करोड ८५ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट